डलरमा खाता खोल्नेलाई नेपाल बैंकको आकर्षक व्याज

काठमाडौं । नेपाल बैंकले डलरमा खाता खोल्नेलाई आकर्षक व्याजदर दिने भएको छ । बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम व्याज दिने भएको हो । बैंकले अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा वार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिने बताएको छ । साथै, अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको हो । यससँगै विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने बैंकले जनाएको छ । एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयक्तरुपमा तथा गैर आवासीय नेपालीबाट प्रबर्द्धिधत विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ ।

त्यस्तै, यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ । साथै, बैकिग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिन बैंकले जनाएको छ ।

प्रतिक्रिया