विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालि सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर देवकोटा चोकका शाखा प्रबन्धक विनोदराज थापाले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया