अमेरिकी कोलिन्स पहिलोपटक ग्रान्डस्लाम फाइनलमा

मेलबर्न । अमेरिकी खेलाडी ड्यानियल कोलिन्स वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन् । कोलिन्स कुनैपनि ग्रान्डस्लाममा पहिलोपटक फाइनल पुगेकी हुन् । २८ वर्षीया कोलिन्सले बिहीबार भएको सेमिफाइनलमा पोल्यान्डकी इगा स्वियाटेकलाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गरिन् । हाल विश्व वरियतामा ३० औँ स्थानमा रहेकी कोलिन्सले अब उपाधिका लागि असलेग बार्टीसँग प्रतिस्पर्धा गर्ने छन्।

विश्व नम्बर एक बार्टीले बिहीबार भएको अर्को सेमिफाइनलमा मेडिसन किजलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६-१ ले जितेकी बार्टीले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएकी हुन् । २५ वर्षीया घरेलु खेलाडी बार्टीले यसअघि सन् २०१९ मा फ्रेन्च ओपन र २०२१ मा विम्बल्डन जितेकी थिइन् । अष्ट्रेलियन ओपनमा भने पहिलोपटक फाइनल पुगे‍की हुन् । कोलिन्स र इगा स्वियाटेकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया