पूर्वशिक्षमन्त्री पोखरेललाई कोरोना संक्रमण

महोत्तरी । माओवादी केन्द्रका नेता, स्कुल विभाग प्रमुख एवं पूर्वशिक्षमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए ।

एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

प्रतिक्रिया