निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो ।

आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने छ भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया