क्षत्रीको नयाँ गजल

काठमाडौं । मुलुकमा कोरोना कहरको संक्रमण बढे पनि गीत संगीत सार्वंजनिक हुनेक्रम रोकिएको छैन । यसैक्रममा गायक सानुबाबु महर्जनको स्वर रहेको नयाँ गजल ‘तिम्रो याद’ को भिडियो बजारमा आएको छ । जुगल डंगोलले संगीत भरेका उक्त गजलको भिडियो हाइलाइट नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ब्राइटर तिम्रो सुर मेरो गीतका फाइनलिस्ट बनेका गायक महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसंग्रह ल्याइसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ । गजललाई डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु गजल संग्रह सार्वजनिक भइसकेका छन् । युगल प्रेमीको प्रेमभावलाई गजलमा समेटिएको गजलकार क्षत्रीले बताए । गजलको भिडियो पनि क्षत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।

उनले यसअघि झरीसम्बन्धी आधा दर्जन गजल समेटेर संग्रह ‘झरी’ र गीत तथा गजल संग्रह ‘गुलावी स्वरहरु’ ल्याएका छन् । यीबाहेक उनका अर्को फुटकर गजल पनि आएको छ । ‘रोमान्टिक भावको यो गजल सबै उमेर र वर्गका स्रोतालाई मनपर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर किशोरीलाई अभिनय गराएको छु,’ क्षत्रीले भने ।

गजलको भिडियोमा कलाकार निश्चलविक्रम पौडेल र सृष्टि कडरियाको अभिनय छ । मिलन शंकरले खिचेको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रंग संयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

प्रतिक्रिया