साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

रियाद । साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानबीच भेटवार्ता भएको छ । साउदी अरबको राजधानी रियादमा उनीहरुको मंगलबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गरेको जनाइएको छ । त्यसैगरी आपसी सम्बन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डका प्रधानमन्त्री रियाद आएका हुन् । झण्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गरेको जनाइएको छ ।

प्रतिक्रिया