कुपण्डोलमा बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडाैं | नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर ‘गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको हो ।

यहाँ मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने कम्पनीले जनाएको छ। यो सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा सर्भिसिङ काम सकिने कम्पनीले दाबी गारेको छ । एक दिनमा ८० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय र क्याफेको पनि सुविधा छ । नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ ।

गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै कम्पनीका जेनरल म्यानेजर योगेन गुरुङले भनेका छन्, ‘कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुशी छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ । र, उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।’

प्रतिक्रिया