आज १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आज १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा आज २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ४३२ जनामा र सात हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ । पछिल्लो २४ घण्टामा तिन हजार ४० जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया