अधिवेशन सकिएको तीन सातापछि एमालेको शपथ

हेटौँडा । जिल्ला अधिवेशन सम्पन्न भएको झण्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहररुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

२३–२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो ।

तर, तत्कालिन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनियताको सपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै शपथ भएको हो ।

प्रतिक्रिया