बुर्किनो फासोमा सैन्य ‘कु’

काठमाडाैं । अफ्रिकी देश बुर्किना फासोमा सैन्य ‘कु’ भएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ ।

सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको बताएको छ । देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।

प्रतिक्रिया