चिनियाँ र इजरायली राष्ट्रपतिबीच बधाई आदानप्रदान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले सोमबार इजरायली राष्ट्रपति इसाक हर्जोगसँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गरेका छन् ।

राष्ट्रपति सीले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाएको र द्विपक्षीय सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् ।

‘चीन र इजरायलले २०१७ मा एक व्यापक साझेदारी स्थापना गरेदेखि विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगले फलदायी नतिजाहरू ल्याएको छ, जसले दुई देशका जनतालाई लाभ भएको छ,’ सीले भन्नुभयो ।

आफ्नो तर्फबाट हर्जोगले पनि ३० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको आदानप्रदान झन् नजिकिएर आपसी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको उनले बताए ।

‘द्विपक्षीय सहयोगले अर्थतन्त्र, कृषि, स्वास्थ्य, पर्यटन र संस्कृति जस्ता क्षेत्रमा दुई देशका जनतालाई धेरै र दिर्घकालिन फाइदा पुगेको छ,’ हर्जोगले भने ।

इजरायल र चीनबीचको व्यापक साझेदारीलाई आफूले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै हर्जोगले आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताए ।

सोमबार नै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि आफ्ना इजरायली समकक्षी नाफ्ताली बेनेटसँग बधाई सन्देश आदानप्रदान गरेको अधिकारीहरुले जनाएका छन् ।

आफ्नो सन्देशमा बेनेटले ३० वर्षअघि दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाएपनि, विशेष गरी पाँच वर्षअघि बृहत् साझेदारीको स्थापना भएदेखि द्विपक्षीय सहयोग चौतर्फी रुपमा विकास भएको बताउनु भएको छ ।

प्रतिक्रिया