रिजवानले जिते टि२० क्रिकेटर अफ दी इयर अवार्ड

इस्लामावाद । पाकिस्तानका विकेटकिपर तथा ओपनर ब्याटर मोहम्मद रिजवानले आइसिसी टि२० आई क्रिकेटर अफ द इयर२०२१ को उपाधि जितेका छन् । २०२१ मा जादुमयी प्रदर्शन गरेका रिजवानले इंग्ल्यान्डका विकेटकिपर जस बटलर, श्रीलंका वानिन्दु हसरंगा र अष्ट्रेलिया मिचेल मार्शलाई पछि पार्दै उक्त अवार्ड जित्न सफल भएका हुन् । २०२१ मा रिजवनाले २९ टि२० आई खेलमा १३ सय २६ रन बनाउनएका थिए । रिजवान २०२१ को टि२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउँदै नयाँ इतिहास रचेको थियो । उक्त खेलमा रिजवानले ५५ बलमा ६ चौका र ३ छक्कासहित ७९रनको अविजित इनिङ खेलेका थिए ।

टि२० विश्वकपमा रिजवानले ६ खेलमा ३ अर्धशतकसहित २ सय ८१ रन जोडेका थिए । रिजवानले यो वर्ष १ शतक र १२ अर्धशतक सहित उक्त रन बनाएका थिए । यसअघि टि२० आईमा कुनैपनि ब्याटरले एकै वर्षमा १ हजार रन बनाउन सकेका थिएनन् । त्यस्तै आइसिसी एसोसियट क्रिकेटर अफ दी इयर २०२१ को उपाधि ओमानका कप्तान जिशान मकसुदले जितेका छन् । मकसुदले १३ अन्तर्राष्ट्रिय खेलमा ३ सय १६ रन बनाउनुको साथै २१ विकेट लिँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया