संकटमा करोडौंका व्यवसाय

पर्वत । आजका मितिसम्मको तथ्यांकलाई हेर्ने हो भने विश्वमा कोरोना बाट संक्रमित हुनेको संख्या करिव ३५ करोड पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दो छ । कोरोनाका कारण पर्वतमा निर्माण भएर संचालनमा आएका करोडौँका पर्यटन व्यवसाय धरापमा पर्न थालेका छन् । देशमा केही बर्षदेखि कोभिड– १९ को तेश्रो भेरियन्टको संक्रमण बढेसँगै पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ । करोडौँको लगानीमा निर्माण भएका सहासिक खेलसहितका संरचनाहरू अहिले कोरोनाको संक्रमण बढेसँगै सुनसान जस्तै बनेका छन् । सयौँको संख्यामा आउने आन्तारीक पर्यटक पर्वतमा अहिले फाट्टफुट्ट मात्रै छन् । करोडौँको लगानी गरेर संचालनमा आएको विश्वकै दोश्रो अग्लो बन्जिजम्पको निर्माणको बर्षदेखि नै कोरोनाले दुख दिएको संचालकले बताएका छन् ।

पर्वतमा पछिल्लो केही वर्ष यता अग्ला र लामा पुलसँगै साहासिक खेलको लागी बञ्जी र स्विङका साथै केही महिनाअघि निर्माण सम्पन्न भएको जीपलाइन अवलोकन गर्न पर्यटक नआउदा सो क्षेत्र र कुश्मा बजार सुनसान जस्तै बनेको छ । यहाँको पर्यटन क्षेत्र कोरोनाको तेस्रो लहरको चपेटामा परेका हुन् । द क्लिफ प्रालि द्वारा सञ्चालित बञ्जीजम्प करिब ५ बर्षको अवधिमा २८ करोड बढी लगानीमा निर्माण भएको पा्रलिका अध्यक्ष राजु कार्कीले बताए । निर्माणसँगै करिब १ वर्ष सहज रुपमा सञ्चालन भए पनि बेलाबखत कोरोनाको मार खेप्न बाध्य भएको अध्यक्ष कार्कीको भनाई छ । अहिले स्काइ साइक्लिङ समेत सञ्चालनमा ल्याएको प्रालिका सबै गतिविधि प्रभावित बनेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा जारी गरेसँगै पर्यटन व्यवसाय ठप्प जस्तै बनेको हो ।

त्यस्तै हालै मात्रै सञ्चालनमा आएको हार्नेस जीपलाईन प्रालिद्वारा सञ्चालित जीपलाईन पनि कोरोनाको चपेटामा परेको छ । अंग्रेजी नयाँवर्षको आगमन सँगै सञ्चालन शुरु गरिएको जीपलाईन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ । निर्माण सम्पन्न भएसँगै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उद्घाटन गरेका थिए । कोरोनाको कारण उद्घाटनको केही दिन मात्र बजार क्षेत्रका मानिसले जिपलाइनको मज्जा लिए पनि जिल्ला भन्दा बाहिरका पर्यटक आएर जिपलाइनको मजा भने लिन नपाउने भएका हुन् । पर्वतमा यही माघ ५ गते बाट निषेधाज्ञा जारी गरीएको छ ।

निर्माण समयदेखि सञ्चालनको अवधिसम्म कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको जिप लाइन सञ्चालनक रञ्जित जोशीले बताए । झण्डै १५ करोडको लगानीमा बनेको यो जीपलाईन र बञ्जी सहजरूपमा सञ्चालनमा नआएपछि पर्वतको कुश्मा बजार क्षेत्रको चहलपहल पनि शून्य जस्तै बनेको छ भने होटल व्यवसाय पनि प्रभावित बनेका छन् । पर्वतमा बनेका साहासिक खेल बन्जी, स्विङ साथै जिपलाइनका कारण कुश्मा बजारका होटेल र अन्य व्यापार ब्यवसाय राम्रो सँग चलायमान भएको तर फेरि कोरोनाको तेस्रो लहर आउँदा यी सम्पुर्ण क्षेत्र धरासाई हुने हुन कि भन्ने चिन्ता लागेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए ।

कोरोनाका कारण नै पर्वतका गाउँ गाउँमा सञ्चालित ३० वटा भन्दा बढी होमस्टेहरु प्रभावित बनेका छन् । पाहुनाहरु जान छाडे सगँै यहाँका कतिपय होमस्टे सधैका लागि बन्द हुन पुगेका छन् । पुल, बन्जी र जीपलाइनको बजेटलाई जोडे्ने हो भने १ अर्व भन्दा माथि पुग्छ । राज्य र ब्यक्तिले लगानी गरेका पर्वतका यी बिभिन्न ठाउँमा पर्यटक नहुदाँ सुनसान छ ।

प्रतिक्रिया