केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्रीवितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफरअन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ । ९ माघको आइतबारबाट यो अफर देशभरका सबै सोरुममा लागू हुने जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागू हुनेछ । अफरअन्तर्गत एसवाईएमको एनएचटी–२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै, कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ । नेपाली बजारमा एसवाईएमको एनएचटी–२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरू अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको सोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।

यो बाइक १ सय ८३ सीसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्यांक ११ लिटरलगायतका विशेषता यसमा छन् । अत्यधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५.७ एमएम र ७५०० आरपीएम छ । ६ वटा गियर स्पिड, डबल च्यानल एबीएस ब्रेकिङ सिस्टमलगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १ सय २५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्न सक्ने खत्रीले जानकारी दिइन् । बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा १ हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

प्रतिक्रिया