किन गर्न हुँदैन लकडाउन ?

जनार्दन शर्मा

कोरोना महामारीको कुरामा कतै बन्दको कुरा उठ्ला भनेर मन्त्रिपरिषद्मा विरोध गरेका छौँ । बन्द भन्ने शब्द नै हटाउनुपर्छ भनेका छौँ । बन्द भन्ने शब्द नै नराख्नु भनेका छौँ । हामीले कोरोना सुरक्षाको विधिहरू अपनाएर जानुपर्छ । अब पनि हामीले कोरोना महामारी भनेर मुलुक बन्द लकडाउन भन्यौँ भने मुलुक चल्दैन । मुलुक आर्थिक रूपमा अगाडि बढ्न सक्दैन । लकडाउन भयो भने अर्थतन्त्र माथि उठाउन सक्दैनौँ । त्यसैले अर्थतन्त्र चलायमान राख्नका लागि लकडाउन गर्नुहुन्न भन्ने पक्षमा अर्थ मन्त्रालय छ ।

अहिले अर्थतन्त्र चलायमान गर्ने विषयमा प्रयासहरू जारिरहेका छन् । अर्थतन्त्रलाई बिग्रिएर जाने अवस्था नेपालको छैन । कोरोना महामारीको कुरामा कतै बन्दको कुरा उठ्ला भनेर मन्त्रिपरिषद्मा विरोध गरेका छौँ । बन्द भन्ने शब्द नै हटाउनुपर्छ भनेका छौँ । बन्द भन्ने शब्द नै नराख्नु भनेका छौँ । हामीले कोरोना सुरक्षाको विधिहरू अपनाएर जानुपर्छ । अब पनि हामीले कोरोना महामारी भनेर मुलुक बन्द लकडाउन भन्यौँ भने मुलुक चल्दैन । मुलुक आर्थिक रूपमा अगाडि बढ्न सक्दैन । लकडाउन भयो भने अर्थतन्त्रमाथि उठाउन सक्दैनौँ । त्यसैले अर्थतन्त्र चलायमान राख्नको लागि लकडाउन गर्नुहुन्न भन्ने पक्षमा अर्थ मन्त्रालय छ । निजी क्षेत्रको पनि लकडाउनको विरोध गरेकाले त्यहीअनुसार अगाडि बढ्छौँ । आवश्यक परे निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्छौँ ।

नेपालको अर्थतन्त्रमा देखिएका समस्याहरू नीतिगत तथा संरचनागत व्यवस्थाका कारण उत्पन्न भएका हुन् । लगानी मैत्री वातावरण बनाउनका लागि नीतिगत तथा संरचनागत समस्या उठाउनुभयो । यी हाम्रा संस्थागत विकासका समस्याहरू हुन् । अर्थतन्त्र र राजनीतिसँगै जोडिएका कुरा हुन् । यी अलगअलग कुरा होइनन् । हेर्दा अलग लाग्ने हो यसमा अर्थतन्त्रले राजनीतिलाई राजनीतिले अर्थतन्त्रलाई निर्देशित गर्ने हो । यसरी हामी नयाँ प्रक्रियागत कुरामा जाँदा अहिले धेरै समस्याहरू रहेका छन् । अहिले मुलुकको अर्थतन्त्र चिन्ता गर्नुपर्ने अवस्थामा छ । तर, व्यवसायीहरूले भनेजस्तो अर्थतन्त्र बिग्रिसकेको अवस्था छैन । अहिले अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजिएको छ । दुई किसिमका आतंक मच्चाउने छन् । नेपालको अर्थतन्त्र समाप्त बनाएर श्रीलंकाको जस्तो बनाए भन्दै ठूला मिडियाले नियोजित ढंगमा प्रचार गरेका छन् । यो राष्ट्रद्रोह हो कि के हो यो, देशलाई कतातिर लान खोजिँदै छ । अहिले कतिपय क्षेत्रमा चिन्ता गर्नुपर्ने अवस्था आएको छ । सरकारले यो विषयमा चिन्ता गरेको छ । तर अर्थतन्त्र सबै समाप्त भयो भनेर जनता तथा व्यवसायीलाई जुन खालको त्रास फैल्याइँदै छ यो गम्भीर विषय भएको छ ।’

‘निजी क्षेत्रको हित विपरीत कुनै पनि काम गरिएको छैन । निजी क्षेत्रको हित विपरीत जानु भनेको राष्ट्रको हित विपरीत जानु हो । त्यसरी जान दिने छैन । अहिले केही नीतिगत व्यवस्थामा परिर्वतन गर्नुपर्नेछ । तर केही नीतिगत व्यवस्था गरौँ भन्दा धेरै प्रश्न उठ्ने गरेका छन् । जस्तो लगानीको कुरा गर्दा लगानी गर्दा स्रोत नखोज्नेभन्दा कालो धनलाई प्राथमिकता दिइयो भनियो । तर, सरकारले कालोधनलाई प्राथमिकता दिने उद्देश्य छैन । तर लगानी पर्वद्धन गर्ने तथा सम्पति मूल्यांकन, अभिलेखन तथा रेटिङ गर्ने कुरा आएका छन् । यी सबै अन्तर सम्बन्धित कुरा हुन् तर लगानीका लागि वातावरण बनाउनुपर्छ त्यसमा प्रश्न उठ्छ । उद्योगलाई प्राथमिकता दिँदा त्यसमा पनि प्रश्न उठ्छ । यस्तो हुँदा देश बनाउने कसरी हो । अर्थतन्त्रलाई आंतक र भ्रमलाई मुक्त गरेर यथार्थमा जानुपर्छ । संकट पर्दा समाधान गर्नुपर्छ । अहिले समस्या देखिए पनि अन्तर्राष्ट्रिय रूपमा तल झरेका छैनौँ । सात महिनामा ६ पतिशतको वरिपरिमा छौँ । त्यसलाई एक÷दुई महिनामा बढाउँछौँ । अहिले गलत प्रचारवाजी किन भइरहेको छ । यस्तो गलत प्रचारले उद्योगी व्यवसायीलाई पभाव पारेको छ । गलत प्रचारको प्रतिवाद सरकार र निजी क्षेत्रले गर्नु जरुरी छ ।’

आजको अर्थतन्त्र आज देखिने होइन । आज सरकारले गरेका काम भोलि देखिने हो । हामीले हिजो भएका काम आज देखिँदै छ । हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगिरहेका छौँ । सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिँदैन । साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतिहरूले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा प्रतिवद्ध रहेको छ । अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नुपर्ने देखिएको छ ।’
(गत बुधबार निजी क्षेत्रका व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले व्यक्त गर्नुभएको विचारको संपादित अंश)

प्रतिक्रिया