ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

कालिकोट । दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ अण्टाडिया पाल्तडा नजिकै मालबाहक ट्रकको ठक्करबाट १७ वर्षीया किशोरी सर्मिला चौलागाँईको मृत्यु भएको छ ।

कालिकोटको जितेबजारबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ख १९२१ नम्बरको ट्रक ट्रक गुड्दै जाँदा एक्कासी ठक्कर दिँदा घटनास्थलमै किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रक पनि अनियन्त्रीत भइ पल्टिएको छ । ट्रक चालक चन्द्र लामिछाने मगर फरार रहेका छन् भने दुर्घटनामा घाइते भएका सहचालकको उपचार भइरहेको बताइएको छ ।

आठबिस नगरपलिका पिपलकोटका सवारी धनी बिस्न चौलागाँईको मालबाहक ट्रक रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी पाल्तडाका ईन्चार्ज ठगिराम आचार्यले अनुसार फरार सवारी चालकको खोजी भईरहेको र विस्तृत छानबिनका लागि टोली लागिरहेको बताए ।

प्रहरी चौकी पाल्तडा र शसत्र प्रहरी बल आठबिस नगरपालिका– १ डाबबाट टोली घटनास्थलमा पुगेको छ । घटनाका पीडित पक्षले आवश्यक कारवाही र क्षतिपूर्तिका लागि माग गरेका छन् । साथै, कर्णाली राजमार्ग पनि ठप्प रहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया