सिन्धुपाल्चोक जिप दुर्घटनामा चार जना घाइते

सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको बताइएको छ ।

उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खाडीचौरले जनाएको छ ।

प्रतिक्रिया