सोमबारदेखि भिजिट भिसामा यी देश जान नपाइने

काठमाडाैं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए ।

हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । अर्को आदेश जारी नभएसम्म रोक लगाउने निर्णय भएको सहसचिव पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया