हर्कको देउडा गीत ‘बिगासे बड्डो’ सार्वजनिक

काठमाडौं । गायक हर्क बिक र गायिका पुर्णकला बिसिको आवाज रहेको ठट्टेउली देउडा गीत ‘बिगासे बड्डो’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश बिसीको शब्द रचना रहेको उक्त गीतमा संगीत भने गायक हर्कले नै भरेका हुन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिपक संगम बिसीको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियोमा जयराज भट्टको निर्देशन रहेको छ भने मरुभूमि नारायणले छायांकन गरेका हुन् । उक्त भिडियोमा पदम ऐर, परमेश्वर दाहाल, सावित्री पुरी, गोपाल अर्याल र पशुपती जोशीले अभिनय गरेका छन् ।

विशेष गरी मध्यपश्चिम तथा सुदूपश्चिममा गाइने प्रचलित डेउडा गीत पश्चिमेलीहरुको मुख्य पर्व विशु मेला, नरहरी तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भई सुदूपश्चिमका अग्रज कलाकारहरुबाट केही कुराहरु सिक्दै र आफ्नै दाजु कलाकार भएकाले पनि आफूलाई गायन क्षेत्रमा साथ मिलेको उनले जानकारी दिए ।

रोशन धितालले सम्पादन गरेको उक्त भिडियो जयप्राप्ती म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । पहाडी जिल्ला बझाङको वित्थड चिर गाउँपालिका– १ मा जन्मिएका गायक हर्कको चौथो कोसेली स्वरुप उक्त गीत बजारमा आएको उनले बताए ।

यसभन्दा अगाडि एई प्रदेश छाडी आउला, मेरी हौस्या मायालु र माया बस्यो बोलका गीत बजारमा आइसकेको गायक बिकले जानकारी दिए ।

प्रतिक्रिया