रावा बैकद्धारा रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा)बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १ सय १२ जनाले रक्तदान गरेका थिए ।

त्यस्तै, बैंकको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगन्जमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २ सय ४९ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।

प्रतिक्रिया