बिर्जु महाराजको निधन

मुम्बई । भारतका प्रसिद्ध कथक नर्तक पण्डित बिर्जु महाराजको निधन भएको छ । सोमबार दिल्लीस्थित साकेत अस्पतालमा बिर्जु महाराजको ८३ वर्षको उमेरमा निधन भएको हो । बिर्जुकी नातिकी रागिनीका अनुसार उनको एक महिनादेखि उपचार भइरहेको थियो । श्वासप्रश्वासमा आइतबार राति समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । भारतीय सरकारद्वारा पद्म विभूषणले विभूषित नृत्यकार महाराजको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी भारतसँगै शास्त्रीय संगीतको क्षेत्रमा निकै सम्मानित नृत्यकारका रुपमा परिचित थिए । उनले नृत्यसँगै लैंगिक असमानताका विषयमा कलाकै माध्यमबाट गरेको सिर्जनात्मक काम निकै प्रभावित रहेको थियो ।

प्रतिक्रिया