खुसीको बोलु बोलु

काठमाडौं । गायिका खुसी थुलुङ राईको आवाज रहेको डान्सिङ नम्बर गीत ‘बोलु बोलु लाग्छ मलाई’ सार्वजनिक भएको छ । युगल पोमोले निर्देशन गरेको गीतको भिडियोमा मोडल ह्यारी योञ्जन र बिना राउतको अभिनय छ । साल्मोन तामाङको कोरियोग्राफी रहेको भिडियोमा छिरिङ शेर्पाको शृंगार रहेको छ । गायिका खुसी थुलुङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा तेलकोटको रमणीय दृश्यलाई समेटिएको छ । भिडियोमा शिव ढकालको सिनेमाटोग्राफी, अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

प्रतिक्रिया