प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र पुलिसबीच उपाधि भिडन्त

काठमाडौं । दुई विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप टीट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको सेमिफाइनल खेलमा एपीएफ क्लबले अर्को विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित ग¥यो । पुलिस क्लबले भने सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्यो । फाइनल खेल बुधबार हुनेछ । एपीएफ क्लबले दुई विकेट गुमाएर दुई सय ३० रन बनायो । एपीएफले दिएको दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मी क्लब एक सय ८३ रनमात्र बनाउन सक्यो । यसक्रममा आर्मीले नौ विकेट गुमाएको थियो ।

टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको एपीएफ क्लबका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान आसिफले ४३ बलको सामना गरी पाँच छक्का र १० चौका प्रहार गरे । लोकेश बमले पनि टोलीको खातामा ६६ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका लोकेशले आक्रामक शैलीमा ब्याटिङ गर्दै केवल १८ बलको सामना गरी नौ छक्का र दुईवटा चौका पनि प्रहार गरेका थिए ।

ओपनर ब्याट्सम्यान प्रदिप ऐरीले पनि अविजित ५७ रनको योगदान गरे । उनले ५३ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरे । कप्तान शरद भेषावकरले नौ रन बनाए । एपएफ क्लबले अतिरिक्त रुपमा १४ रन पायो । आर्मीका बलर जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक÷एक विकेट लिए । उक्त खेलमा लोकेश म्यान अफ दि म्याच घोषित भए । जवाफी ब्याटिङमा ओर्लिएको आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । उनले चार छक्का र एक चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान भिम सार्कीले पनि १९ बलको सामना गरी ३५ रन जोडे । उनले एक छक्का र पाँच चौका प्रहार गरे । सुमित श्रेष्ठले २४ रन बनाए । उनले १८ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान हरि चौहानले २२ रन जोडे । साहब आलमले अविजित २१ रन बनाए भने बिक्रम सोबले टोलीको खातामा १४ रन थपे । सुशन भारी १२ रनमा अविजित रहे । एपीएफ बलर शरद भेषावकरले तीन विकेट हात पारे । उनले चार ओभरमा केवल १६ रन खर्चिए । भुवन कार्की र अविनाष बोहराले पनि दुई÷दुई विकेट लिए । किशोर महतो र दिपक बोहराले पनि एक÷एक विकेट हात पारे ।

अर्को खेलमा पुलिस क्लबले बागमति प्रदेशलाई ५० रनले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनायो । पुलिसका लागि ओपनर ब्याट्सम्यान पवन सर्राले ५९ रनको योगदान गरे । उनले ५४ बलको सामना गरी तीन छक्का र तीनवटा चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले पनि टोलीको खातामा अविजित ३१ रन थपे । उनले केवल १६ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । अनिल शाहले २५ रनको योगदान गरे । उनले २४ बलको सामना गरी एक छक्का हिर्काए ।

आरिफ शेखले पनि १२ रन बनाए । पुलिसले अतिरिक्त रुपमा १५ रन पायो । बागमति प्रदेशका बलर नन्दन यादब र रिजन ढकालले दुई÷दुई विकेट लिए । प्रतिश जिसीले पनि एक विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको बागमति प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय पाँच रनमात्र बनाउन सक्यो ।

बागमति प्रदेशका लागि अदिल खानले सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २३, रामनरेश गिरीले अविजित २२ र रिजन ढकालले अविजित १५ रन जोडे । बागमति प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

पुलिस क्लबका बलर दीपेनद्रसिंह ऐरी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १० रन खर्चिएका थिए । सागर ढकालले पनि दुई विकेट हात पारे । अर्को एक विकेट आरिफ शेखले लिएका थिए । उक्त खेलमा दीपेनद्रसिंह ऐरी म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया