मधुसूदनसँग काम गर्दै आर्यन

काठमाडौं । मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देलले काम गर्ने भएका छन् । निर्देशक भट्टराईले आर्यनसँग काम गर्ने पक्का गरेको जनाएका छन् । चलचित्रको नाम सार्वजनिक नगरिए पनि छिट्टै नाम र अन्य कलाकारको घोषणा गरिने जनाइएको छ । ‘डेस्टिनेसन काठमाडौं’, ‘ब्ल्याक’, ‘निर्भय’ लगायतका चलचित्र निर्देशन गरेका भट्टराई र आर्यनबीच सोमबार सम्झौता भएको हो । निर्देशक भट्टराईले चलचित्रमा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने बताए ।

आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र म्युजिकल प्रेमकथा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीसमेत छनोट गरिएको छैन । आगामी बैशाखबाट चलचित्रको छायांकनमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । अभिनेता आर्यनले पहिलो लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’ अभिनय गरेका थिए । उक्त चलचित्रको छायांकनको केही काम अझै बाँकी छ ।

प्रतिक्रिया