अब्राहमको पारिश्रमिक २१ करोड

मुम्बई । बलिउड अभिनेता जोन अब्राहम चलचित्र ‘एक भिलेन रिटर्न्स’ बाट २१ करोड पारिश्रमिक बुझेका छन् । मोहित सुरीको निर्देशनमा बनिरहेको यो चलचित्रका लागि उनले उक्त रकम बुझेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्सअफिसमा असफल भयो । यो चलचित्र असफल भए पनि अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’ का लागि अब्राहमले २० करोड भारु बुझेका छन् ।

उनी यस चलचित्रमा खलनायकको भूमिकामा देखिँदैछन् । यस चलचित्रमा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका छ । अभिनेता अब्राहमले चलचित्र ‘एक भिलेन रिटर्न्स’ का लागि चर्को पारिश्रमिक लिएका हुन् । तीन वर्षअघिसम्म उनले तीन करोड पारिश्रमिक बुझ्ने गरेका थिए । यसबीचमा उनको पारिश्रमिक निकै बढेको छ । यो चलचित्र जुलाई महिनामा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ । यस चलचित्रमा अभिनेता अर्जुन कपूर र अभिनेत्री दिशा पटानीको समत मुख्य भूमिका छ ।

प्रतिक्रिया