सेल्फी भएको भिभो भी २३ ई आउदै

काठमाडौँ । भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा पनि भित्रयाउने भएको छ । भी–२१ सिरिज सफल भएपछि भिभोका यस सिरिजका अन्य फोनलाई प्रयोगकर्ता व्यापक प्रतिक्ष गरेका कारण कम्पनीले भी २३ ई ल्याउने निश्चित गरेको हो । लिकस्टरको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा पहिलो पोस्टर सार्वजनिक गर्दै भी २३ ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो ।

भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन । अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ । इनोभेटिभ तथा उपभोक्ता लक्षित ब्रान्ड भएका कारण भिभोले सधैं आफ्ना प्रयोगकर्ताका लागि केही न केही अद्वीतीय र उपयोगी फिचर ल्याउने गरेको छ ।

यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ। यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ । सोहीकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया