सिद्दार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा छुट

काठमाडौ । सिद्दार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थित चितवन मिडटाउन रिर्सोट प्रालि बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिग, वा इन्टरनेट बैैंकिग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानीमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिने पनि बैकले भनेको छ ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिग, इन्टरनेट बैंकिग लगायतका डिजिटल बैंकिग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया