सर्वोच्चमा ३१ जनालाई संक्रमण : थुनुवा र बन्दीका मुद्दामात्र हेर्ने गरि सेवा कटौती,

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्टारसहित ३१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमण तीव्र गतिले फैलिएको भन्दै सेवा कटौती गरिएको छ । मंगलबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीशको फुलकोटले कोरोना संक्रमण न्यून गर्न भन्दै माघ ५ देखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फुलकोटले मौलिक हकसँग सम्बन्धित रिट निवेदन, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, थुनुवाका निवेदन र मुद्दा, हेर्दाहेर्दै र निसुमा रहेका मुद्दा, सरकारवादी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ मात्र गर्ने निर्णय गरेको छ ।

अदालतमा भिडभाड हुन नदिन आलोपालो मिलाएर अदालतको काम कारबाही गर्ने, टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेसनमा रहेर कार्यसम्पादन गर्न मुख्य रजिष्टारले आवश्यक व्यवस्था मिलाउनुपर्ने फुलकोटको निर्णय छ । तल्ला अदालतहरूले पनि अवस्था अनुसार सेवा प्रवाहको व्यवस्था मिलाएर जानकारी पठाउन निर्देशित गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया