रावा बैको मोबाइल बैंकिङ र लकर सेवामा छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७ औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ देखि चैत मसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १ सय प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । आगामी माघ १० बाट बैंक ५६ वर्ष पूरा गरी ५७ औँ वर्षमा प्रवेश गर्दैछ । बैंकको हाल ७७ जिल्लामा २ सय ५७ वटा शाखा कार्यालय, २ सय ४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिग सेवा संचालन गरीरहेको छ ।

प्रतिक्रिया