फ्रान्समा अनिवार्य खोपका विरुद्ध प्रदर्शन

पेरिस । फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको बिरुद्धमा ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् । आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् । प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार बिरुद्ध समेत नारा लगाए । फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यबस्था कडा पारिएको छ । फ्रान्समा कोरोना बिरुद्धको खोप नलाउनेको संख्या उल्लेख्य छ । यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो ।

प्रतिक्रिया