प्रज्ञा प्रतिष्ठानमा पाँडेपजनी ?

प्राडा बद्रीविशाल पोखरेल

तत्कालीन लघुकवि ईश्वरचन्द्र ज्ञवाली चाकरीकै भरमा झण्डैझण्डै कुलपति भएका थिए । यस्ता प्रकरणमा निकट विगत सरकार प्रमुख ओली पनि दोषी देखिए । एकपटक कुनै पनि प्रमुख पदमा आसीन भएको व्यक्ति जब उही पदमा पटकपटक हत्ते हाल्छ भने ऊ चरम अवसरवादी हुन्छ भन्ने जान्दा हुन्छ । यस्तो विचार राख्ने स्रष्टामा विषय र विधागत स्वतन्त्र र गहन अध्ययन र प्रकाशन गर्ने चेत न्यून वा शून्य छ भन्ने बुझे हुन्छ ।

गणतान्त्रिक कालमा पनि प्रज्ञामा सामन्तवादी शैली र संस्कारलाई नै बिर्साउने काम भएका छन् । यस्ता अवस्थामा पनि मौन र मूकदर्शक बस्नु लाजमर्दो हुन्छ भनेर तीतो सत्य बोल्नुपरेको छ । नबोल्दा विकृतिले अझ टाउको उठाउने खतरा हुन्छ । त्यसैले प्रवृत्ति होइन व्यक्ति नै तोकेर वाचाल बन्नु अपरिहार्य देखिँदा यो लेख लेखियो । किनकि ऐनमौकाको रिस पनि सौन्दर्य हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बारबार हुने गरेको पाँडे पजनी ( विधि र पद्धति विपरीत मनमोजी वा मनपरी गर्ने काम )को सबैभन्दा पछिल्लो निकृष्टतम प्रतिष्ठानले हालै प्रकाशन गरेको नेपाली कविताहरूको अंग्रेजी अनुवाद The voice of Nepal नामको संग्रह हो । यस संग्रहमा तमाम कवि अटाए तर सशक्त तथा प्रभावशाली प्रथम गणतान्त्रिक कवि युद्धप्रसाद मिश्र अटाएनन् । प्राडा पशुपतिनाथ तिम्सिनाले प्रतिष्ठानको प्रथम नेतृत्वको चरम सामन्तवादी सांस्कृतिक चेत र चरित्रगत जडताका कारण मिश्रलाई सुविचारित रूपमा उपेक्षा गरेको बताए ।

विदेश भ्रमणमा जाँदा आफूलाई खातिरदारी गरेकै भरमा कतिपय कविका कविताहरू कुलपतिले संग्रहमा समावेश गरेको डा. तिम्सिनाको आशंका उनको विगत कृत्य हेर्दा सत्य हुनसक्ने देखिन्छ । उसो त पञ्चायत कालमा केही पोलाहा क्षुद्र कविले देवकोटालाई रुस गइस् कम्युनिस्ट भइस् भन्ने कुरुप आरोपसहित दरबारमा पोल लगाए । यसले देवकोटाको आठ महिनासम्मको मासिक भत्ता रोकिँदा उनी भोकभोकै बस्न बाध्य भएका थिए । तर लोकतन्त्र र गणतन्त्र आएपछि प्रतिष्ठानको चिन्तन र चरित्र झन् विकृत हुनु लाजको पसारो भएको छ । ०६३ पछि तत्कालीन लघुकवि ईश्वरचन्द्र ज्ञवाली चाकरीकै भरमा झण्डैझण्डै कुलपति भएका थिए । यस्ता प्रकरणमा निकट विगत सरकारप्रमुख ओली पनि दोषी देखिए ।
एकपटक कुनै पनि प्रमुख पदमा आसीन भएको व्यक्ति जब उही पदमा पटकपटक हत्ते हाल्छ भने उ चरम अवसरवादी हुन्छ भन्ने जान्दा हुन्छ । यस्तो विचार राख्ने स्रष्टामा विषय र विधागत स्वतन्त्र र गहन अध्ययन र प्रकाशन गर्ने चेत न्यून वा शून्य छ भन्ने बुझे हुन्छ । सदा अवसरको खोजी गर्नेहरू जहाँ कुर्सी खाली देख्यो त्यहीँ हामफाल्छन् । पूर्वाञ्चल विश्व विद्यालयमा उपकुलपति पाउन दरबारमा हत्ते हाल्नेले अग्रगमनको कुरा गर्नु जस्तो भद्दा मजाक केही हुँदैन ।

महान् स्रष्टा, अनुसन्धाता व्यक्तित्व एक्लै पनि संस्था हुन्छन्, एकेडेमी हुन्छन् । कति जीवनभर कुलपतिको कुर्सीमा लेपास्सिएर बसे पनि भुइँ सर्जकभन्दा माथि उठ्तैनन् । साँच्चो प्राज्ञ र स्रष्टालाई कारभन्दा कलम र किताब प्यारो हुन्छ, उसलाई सुखसयलभन्दा सुकुल प्रिय लाग्छ । उसलाई घुम्ने कुर्सीभन्दा सिंगो समाजलाई घुमाउने वा दिशानिर्देश गर्ने सिर्जना गर्ने ध्यान मात्र हुन्छ । यस्ता सर्जक भातलाई भन्दा भविष्य निर्माण गर्न आजीवन समर्पित हुन्छन् । विज्ञहरू पद, प्रतिष्ठा, पदक र पुरस्कारको ढक र तराजुहरूमा जोखिरहँदैनन् । यिनले आफ्नो प्राज्ञिक बौद्धिक सिर, सार र स्वाभिमान किमार्थ झुकाउँदैनन् । अझ देशभक्त सर्जक स्वाभिमानलाई कहिल्यै धितो राख्न सक्दैन । यस्ता सर्जकहरू देश र जनताका रक्षाकवच हुन् । पूर्वप्रधानमन्त्री ओलीले भनेझैँ सत्यसित नलड्ने र शक्तिसित नझुक्ने स्रष्टा नै महान् हुन् ।

नेपालमा अहिले प्रतिनिधिसभा र सरकारमा जस्तै प्रजातन्त्रका नाममा घोर अप्रजातन्त्रिक तथा जनघाती कृत्य हुँदा महाकवि देवकोटाले ‘पागल’ लगायत कविता लेखेर तत्कालीन प्रजातान्त्रिक सरकारलाई कठोर व्यंग्य गरेका थिए । उनले ‘नयाँ जमाना’ नामको कवितामा प्रजातन्त्रको ढ्वाँङ रित्तो करायो भनेर व्यङ्ग्यास्त्र प्रहार गरेका थिए । अहिले त्यही खालको चरम विकृतिको रजाइ नेपालको राजनीतिमा चलिरहेको छ । यसको निकृष्ट र भद्दा झलक प्रतिनिधिसभामा देखिन्छ । यसको अगुवाइ हत्या आरोपमा सर्वोच्चमा पेसी चढेका तथा जाली कीर्ते काममा पोख्त सभामुखले गरिरहेका छन् । यस्ता विषयलाई कलमले छाँस्नु पर्ने दायित्व स्रष्टाहरूको हो ।

एउटा जुम कार्यक्रममा कुनै पार्टीका केन्द्रीय सदस्य तथा मञ्चका अध्यक्ष खगेन्द्र राईले समग्र विकृति आफूले ठम्याएको बताए । उनले महासंघको जीवित अस्तित्वलाई समेतलाई उपेक्षा गर्ने जसकसैलाई पनि नछाड्ने बताए । तर आलोचनात्मक चेत अत्यन्त कमजोर रहेका कतिपय प्राज्ञ र स्रष्टाहरू बदलाको तुस राख्न सक्ने यस लेखकले देखेको छ । तर तिनले कमजोर मानव बदलाको भावना राख्छन्, बलशालीहरू माफ गरिदिन्छन्, विद्वान्हरू बिर्सिदिन्छन् भन्ने पढेकै छैनन्जस्तो लाग्छ ।

अहिले पनि सर्जकहरू सिर्जनात्मक ज्ञानका पछि हुरुक्क भएर लाग्छन् र तिनीहरू घुम्ने कुर्सी मात्र हत्याउने ताकमा छैनन् । फूलको संगतले मात्र सिर चढेकाहरू छिनभरमै भुइँमा झर्छन् । यस्ता व्यक्तिहरू पद समाप्त भोलिपल्ट गुमनाम हुन्छन् । त्यसैले एकेडेमी हुनका लागि विषयगत सार र समृद्धता अपरिहार्य हुन्छ । सामन्तवादी संस्कृतिको डमी हुँदा कामको सार सौन्दर्यसित कुनै मतलब हुँदैन ।

प्राडा पशुपतिनाथ तिम्सिनाले प्रज्ञा प्रतिष्ठान रूपान्तरित हुन नसकेको आलोचनात्मक प्रश्नको उत्तरमा प्रज्ञाका सदस्यसचिव जगत उपाध्यायले हामी प्रगतिशील स्रष्टाहरू पदाधिकारी भएपछि प्रज्ञा प्रतिष्ठान प्रगतिशील भयो भने । यस्तो कुराले सुन्नेलाई भारी लाज र सरम हुनगएको थियो । प्रगतिशील र कम्युनिस्टका नाम र नाराबाट हुने गर्ने जथाभावी सबै काम प्रगतिशील हुने नवीन शिक्षा प्राप्त भएको थियो । अझ अघि बढेर ती प्राज्ञले जाँड खानुभन्दा गाँजा खानु प्रंंगतिशील हो भनेको सुनेपछि सांस्कृतिक अभियन्ता तथा नेता मणि थापाले मन्तव्यका क्रममा सरकारले स्रष्टाको दिमाग चाहिँ डेलिभरी गर्न सक्दैन भनेका थिए । उनैले ०७८ को देवकोटा जयन्तीमा देवकोटाका विषयमा लम्बेतान व्याख्यान गर्दा देवकोटाको प्रगतिशील वा अग्रगामी चेतका बारेमा सामान्य चर्चा पनि नगरेको देख्दा अचम्ममा परियो ।

थापाले त आश र त्रासमा नपरी गोर्की र लु स्युनले माओ र लेनिनसित तर्क र तथ्य संगत रूपमा बहस विवाद गरेजस्तै आन्दोेलनको रक्षा र विकासका खातिर निर्भीक र निःस्वार्थ भएर लाग्न उपस्थित न्यून चेतका सर्जकप्रति कटाक्ष गरेका थिए । प्रज्ञामा प्राज्ञ सभा र प्रज्ञा परिषद्मा मनोनीत गर्ने क्रममा प्रभावशाली स्रष्टा र कलाकारहरू पाँडे पजनीको सिकार भएका छन् । एक समय सुप्रसिद्ध कलाकार देशभक्त खनाल र अर्का प्रबुद्ध तथा प्रख्यात स्रष्टा भिक्टर प्रधानको नाममा टिपेक्स लगाएर डा. अमर गिरीले मन्त्रीमार्फत् प्रज्ञाको दुई कार्यकाल घुम्ने कुर्सी हत्याए । अर्कोपटक बहुआयामिक सशक्त महिला सर्जक व्यक्तित्व गायत्री बिस्टका नाममा टिपेक्स लगाएर स्वयं कुलपति उप्रेतीले आफू निकट डा. हेमनाथ पौडेललाई परिषद्मा नियुक्त गरे । यस्ता सवालमा नेतासमेत अग्रसर भएर स्वाभिमानी स्रष्टाको अन्तिम अवस्थामा कैँची चलाएर मानमर्दन गरे, पाँडेपजनी गरे ।

यसको मारमा इलामेली बहुआयामिक सर्जक डा. देवी दुलाल परेका थिए । आफ्ना सन्निकट र निर्वाचन क्षेत्रका भनेर जोसो नियुक्त गर्ने कतिपय कुरूप नेताका कारण प्रज्ञा गुमनाम र बदनाम हुन थालेको देखिन्छ । सरकार मातहतका संस्थान र प्रतिष्ठानमा सरकार पक्षधर व्यक्तित्वहरू नियुक्त हुनु अचम्मको कुरा होइन तर उपयुक्तता र पात्रता हेरी सिफारिस गर्ने र नियुक्त गर्ने परिपाटीको धज्जी उडाउन थालिएको देखिन्छ । प्रगतिशील संस्कृतिको निर्माण विकासमा अहं महत्व राख्ने सिर्जना र सर्जक क्षेत्रलाई कुरुप हस्तक्षेप गरेर नेतृत्वले सामन्तवादी संस्कृतिलाई सिरानी हालेको स्पष्ट ह्ुन्छ । यसरी नेतृत्व नै पिँधबिनाको लोटा हुन थालेपछि अग्रगमनको नारा भद्दा मजाक हुन थालेको छ ।

यस्तो रोग प्रदेश र स्थानीय सरकारमा पर्न थालेको छ । अमुक नेताका आग्रह र दबाबमा प्रदेश पुरस्कारका लागि सर्वथा अयोग्य पात्रलाई छनौट समितिले सिफारिस गरेर बर्सेनि प्रदान गरिने पुरस्कार विवादको चौघेरामा परेको देखिन्छ । प्राज्ञ र प्रज्ञा प्रतिष्ठान संस्कृतिको संवाहक हो । प्राज्ञिक ऐनअनुसार कला ,साहित्य र संगीत तथा अझ जनपक्षीय सिर्जना र संस्कृतिका क्षेत्रमा सैद्धान्तिक, सांगठनिक र सिर्जनात्मकजस्ता त्रिआयामिक उच्चताविना नेतृत्व कामयाव हुन सक्तैन । योग्य मध्ये योग्यतम नेतृत्व चयन नगरी सांस्कृतिक अभियान उठाउन सकिन्न । यस कुरालाई केन्द्रमा राखिएन भने दुर्भाग्य हुन्छ । एउटा प्रज्ञाको जवाफदेहिता स्रष्टा समाजका साथै मूलतः देश र जनताप्रति हुनुपर्छ, र रुपान्तरण केन्द्रित हुनुपर्छ । पदीय र सिर्जनात्मक हैसियतको स्रष्टा आफैँ रुपान्तरित हुनुपर्छ । पूर्वउपकुलपति विष्णुविभु घिमिरे आम स्रष्टासित मन, वचन र कर्मले मैत्री भाव राख्छन् तर तपाईंहरू अर्थात् प्राडा जीवेन्द्रदेव गिरीहरू चाहिँ समकालीन स्रष्टालाई नै देखेर ठसक्क ठस्किनुपर्ने के कारण हो भनेर यस लेखकले गिरीलाई कटाक्ष गरेको थियो । सिर्जना अनुसार संस्कार अपरिहार्य हुन्छ ।

सूर्यले उदाउने मौका पाउँदा धर्ती नै उज्यालो हुन्छ । सूर्यका अगाडि जुनकिरीले के लछार्छ । जुन र जुनकिरीमा फरक नदेख्ने नेतृत्वलाई नालायक भन्दा हुन्छ । समालोचक डा. हेमनाथ पौडेललाई विषयान्तर भए पनि राष्ट्रिय स्तरको देवकोटा निबन्ध पुरस्कार दिलाउन कुलपति गंगाप्रसाद उप्रेती आफैँ सक्रिय भए । सिर्जनात्मक पुरस्कारका लागि भनसुन र मनसुनका भर परेपछि अवस्था कति दयनीय होला । महामना मोदनाथ प्रश्रितले पनि केही समयअघि तीन सदस्यीय प्रतिभा छनौट समितिमा राखेर दुई जना खुराफातीले पहिल्यै मिलीभगत गरेर आफूलाई फसाएको बताउनुभएको थियो । त्यसैले प्रज्ञा प्रज्ञा होस् पाँडे पजनी परिषद् नहोस् ।

प्रतिक्रिया