जसपा पर्साकाे अध्यक्षमा अब्दुल रहिम अन्सारी चयन

पर्सा । जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्षमा प्रदेश सांसद अब्दुल रहिम अन्सारी (मंजुर) चयन भएका छन् । रामनरेश यादवको पद खारेज गरिएको छ । जसपाको पर्सा जिल्ला कार्यसमितिका बहुमत सदस्यले निर्णय गरेर रामनरेश यादवको जिल्ला अध्यक्ष पद खारेज गरेका हुन् । जसपा पर्सामा ८३ जना सदस्य छन् । ८६ मध्ये ६२ जनाले रामनरेश यादवको पद खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेको जिल्ला उपाध्यक्ष बासुदेव यादवले जानकारी दिए । रामनरेशको पद खारेज गर्दै प्रदेश नम्बर २ का प्रदेश सांसद अब्दुल रहिम अन्सारी मन्जुर अन्सरी लाई जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिएइएको छ ।

विगत ३ वर्षदेखि पार्टीको विधान विपरित अधिवेशन नगराएर तदर्थ समितिको अध्यक्षका रुपमा पार्टी चलाइरहेको रामनरेश यादवमाथि आरोप लगाउँदै आइतबार वीरगञ्जमा बसेको पार्टीका बहुमत सदस्यहरुले निर्णय गरेर उनको अध्यक्ष पद खारेज गरेको जिल्ला उपाध्यक्ष बासुदेव यादवले बताए ।

जसपाको विधान अनुसार तदर्थ समितिको अवधि सामान्यत ६ महिना हुन्छ । आवश्यकता परेको खण्डमा त्यसलाई एक वर्षभन्दा बढी नहुनेगरी लम्ब्याउन सकिन्छ । त्यसपछि अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर, रामनरेश विगत ३ वर्षदेखि तदर्थ समितिको अध्यक्षका रुपमा पार्टी चलाईरहेका छन् ।

उपाध्यक्ष बासुदेव यादवका अनुसार रामनरेश यादवलाई बैठक बोलाएर जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन लगायत पार्टीका अन्य महत्वपूर्ण निर्णय गर्नका लागि पटक-पटक आग्रह गरेपनि उनले एकलौटी ढंगले पार्टी चलाउन खोजेका थिए । ४३ जना जिल्ला सदस्यहरुले प्रदेश र केन्द्रीय कार्यसमितिलाई समेत जानकारी गराएर रामनरेश यादवसँग बैठक बोलाउन आग्रह गरेपनि उनले त्यसको वेवास्ता गर्दै आएको बासुदेवको आरोप छ । रामनरेशले बहुमत सदस्यहरुलाई समेत नजरअन्दाज गरेर एकलौटी तरिकाले पार्टीलाई आफ्नो अनुकुल चलाउन खोजेपछि बहुमत सदस्यको बैठक बोलाएर उनको पद खारेज गरिएको बासुदेवको भनाई छ ।

बैठक हुन् नदिन वीरगञ्जस्थित पार्टी कार्यालयमा अध्यक्ष रामनरेश ताला लगाएर सम्पर्कविहिन भएको बासुदेवले बताए । ‘सबै सदस्यहरुलाई हामीले पार्टी कार्यालयमा बैठक हुन्छ भनेर पत्र काटेका थियौँ, तर तयारीको लागि पुग्दा पार्टी कार्यालयमा ताल्चा झुण्डी रहेको देख्यौँ,’ उपाध्यक्ष यादवले भने, ‘त्यसपछि विकल्पका आफुले अध्यक्ष पदको जिम्मवारी पाएको प्रदेश र केन्द्रीय कमिटिले आफूलाई आधिकारीक अध्यक्ष मानेको उनले दावी समेत गरेका छन् ।

प्रतिक्रिया