अंकितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीले नयाँ गीत ‘कफी क्रस’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा अंकितबाबुको स्वर, शब्द तथा संगीत रहेको छ । गीतमा भारतको पश्चिम बंगालका संगीतकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ ।

‘ए–सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नवीन भट्टको रहेको छ । भिडियोको छायांकन अनिश स्याङ्देनले गरेका हुन् । क्याफेको वेटरको भूमिकामा अंकितबाबु देखिएका छन् । गायक अंकितबाबुले भने, ‘यो गीत एक किसिमको प्रयोग हो । मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ । यसमा प्रयोग भएका शब्द तथा संगीतले टिनेजर्सका कथा भनेजस्तो लाग्छ ।’ यसअघि अंकितबाबुका ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ लगायत आइसकेका छन् ।

प्रतिक्रिया