‘लूप लपेटा’ को ट्रेलर रिलिज

मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु अभिनीत चलचित्र ‘लूप लपेटा’ को ट्रेलर सार्वजनिक भएको छ । ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’ को सफलतापछि उनी सन् २०२२ मा ‘लूप लपेटा’ मार्फत आउँदै छन् । अभिनेता ताहिर राज असीन र अभिनेत्री तापसी अभिनीत यो चलचित्रको बिहीबार टे«लर सार्वजनिक गरिएको हो ।

आकाश भाटियाले निर्देशन गरेको जर्मनी चलचित्र ‘रन लोला रन’ को यो हिन्दी रिमेक हो । फेब्रअरी ४ तारिखमा नेटफ्लिक्समार्फत प्रदर्शनमा आउन लागेको छ । नेटफ्लिक्सले यो चलचित्रको ट्रेलर सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो । तापसीले ‘लूप लपेटा’ एक विचित्रको हाँस्यप्रधान चलचित्र भएको जिकिर गरेकी छन् ।

प्रतिक्रिया