जापान र अमेरिकामा सुनामीको चेतावनी

न्युयोर्क । दक्षिणी प्रशान्तमा ज्वालामुखीपछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी दशाईएको छ । तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।

हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको अवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।

प्रतिक्रिया