हिमालयन बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २१ दशमलब ३८ प्रतिशत वोनस सेयर र ४ दशमललव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।

यसका साथै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड संगको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनी मध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको हो । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत र विपक्षमा ४२.२९ प्रतिशत एवं मत नहाल्ने प्रतिशत भने १४ दशमलब ०९ रहेको थियोे ।

प्रतिक्रिया