लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा तालिम प्रदान

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम प्रदान गरेको छ । २६ जना प्रशिक्षार्थीको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहाई तालिम प्रदान गरेका थिए । तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीको उपस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया