नर्वेमा बालबालिकालाई खोप !

एजेन्सी । नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । त्यहाँको सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ । नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरूलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।

नर्वेका स्वास्थ्य मन्त्री इङभिल्ड जेर्कोलद्वारा जारी वक्तव्यअनुसार सवै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । ‘निश्चित समूह’का बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उनको स्पष्ट पारे । उनका अनुसार दीर्घरोगी र जटील स्वास्थ्य समस्या भएका अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप लगाइने छैन । त्यस्ता बालबालिकालाई खोप नलगाउन उनले सुझाव दिएका छन् । नर्वेका वयस्कहरूमध्ये अधिकांशले भने खोपको दुवै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र वृद्धवृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया