सञ्चारकर्मी अधिकारीले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो

मुगु ।  सञ्चारकर्मी  प्रिया अधिकारीले नयाँ भिडियो गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक भिडियोमा मायाले बोलेर बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन् । उक्त मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , विमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

यसमा मुख्य अभिनयको भूमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेको रहेको छ । यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई , मीन रानाले गरेका छन् भने सो गीत लाई मीन रानाले सम्पादन गरेका हुन । गीतको माला श्री रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनय कर्ता प्रिया अधिकारीले बताइन् । उनले भनिन् यो गीतको म्युजिक भिडियो मायाले बोलेर प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । खड्क सुनार/न्युज कारखाना

प्रतिक्रिया