स्वास्थ्य मापदण्ड अपनाइ माघी पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले तोकेका स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाइ सावधानीका साथ माघी (माघे सक्रान्ती ) पर्व मनाउन सबैमा आग्रह गरेका छन । शनिबार शुभकामना सन्देश दिदै उनले कोरोना भाइरस (कोभिड-१९) को ओमिक्रोन नामको नयाँ भेरिएन्टको संक्रमण तीब्र गतिमा फैलिरहेका कारण सहजरूपमा चाडपर्व मनाउने परिस्थिति नरहेको बताएका छन् ।

माघी पर्वले सामाजिक एवं साँस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्‍याउन प्रेरणा प्रदान गरोस् शुभकामना सन्देशमा भनिएको छ । मुख्यमन्त्री भट्टद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेशमा मनाइने पर्वहरु मध्येको महत्त्वपूर्ण पर्व माघी (माघे सक्रान्ती ) २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति,समृद्धि एवं सु- स्वास्थ्यको कामना सहित शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया