पछिल्लाे २४ घण्टामा थपिए ५ हजार ८७ संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । ४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ ।

२४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना निको भएर डिस्चार्ज भएका छन् । त्यसैगरी ३ लाख २० हजार २६७ जनाले विगत २४ घण्टामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया