घमण्ड गर्नेको हालत ओलीको जस्तै हुन्छ

माधवकुमार नेपाल

दलाल पुँजीको दबदबा मलुकमा बढिरहेको छ । मिहिनेत नगरीकन पैसा कमाउने प्रवृत्तिहरू हुर्किरहेका छन् । रातारात अर्बपति बन्ने चाहना जागिरहेको छ । अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको छ । कि अरूलाई कि देशलाई लुट्ने । देशलाई लुट्ने, जनतालाई लुट्ने, दुवैलाई लुट्ने । जहाँ सकिन्छ त्यहीँ लुट्ने । यो प्रवृत्तिलाई समाप्त पार्नुपर्दछ । त्यसका निम्ति शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्छ । सुशासनको प्रत्याभूति दिनुपर्छ ।

अहिले राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन्, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन् , जसले उनलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् उनीहरू शत्रु छन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् ।

तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपार्इंहरू मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नुपरेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो । सुन्नुस् कस्तो हुन्छ ती विशेषता–जो आफूलाई ज्यादै स्मार्ट सम्झिन्छ । त्यसको अर्को विशेषता–आपैmँ जान्ने, अरू कोही नजान्ने भनेर अरूको कुरा सुन्दै नसुन्ने प्रवृत्ति हुन्छ । तेस्रो, उसले सबैको अनादर गर्छ । आफ्नो मात्रै आदरको चाहना राख्छ । त्यो नेतामा सिक्ने प्रवृत्ति हुँदैन । उसले जे बोल्छ, अमर्यादित कुरा मात्रै बोल्छ । कहिल्यै गल्ती स्वीकार गर्दैन । कहिल्यै क्षमायाचना गर्दैन । सबैलाई हेप्ने प्रवृत्ति उसमा रहेको हुन्छ । आफूले गज्जब काम गरे भनेर गुड्डी हाँकेर हिँडछ । आफ्नै प्रशंसामा मग्न हुन्छ । अनि पीडाको भावनाले ग्रसित हुन्छ । यो कसमा छ ? जाँच्ने काम तपाईंको । हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौँ ।

हामी पहिले खुसी भएका थियौँ । दुईटा पार्टीहरू मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरू एक ठाउँमा आउने भए । किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौँ । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे । लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे । रोल्पा पु¥याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई दिल्लीसँगै लिएर गएर वार्ता र सहमती गराउने मान्छे । तत्कालीन राजा ज्ञानेन्द्रलाई युद्धलाई अन्त्य गरौँ भन्दा सुनेको नसुनै गरे । त्यसपछि आफैँ हामीले पहल ग¥यौँ । यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुसी भएको । झण्डै दुईतिहाइको अवस्था भएको देखिएको । हामी प्रफुल्ल भयौँ तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो । प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँडीको रूपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यहीँ प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने ।’

हाम्रो मुलुकमा उद्यमी युवाहरू देखा पर्न थालेका छन्, चाहे महको पालन गरेर होस्, माछापालन, तरकारी खेती, फलफूल खेती, वा अनेक उत्पादनको कामहरूमा मासुको उत्पादनमा होस् वा अन्यमा युवा उद्यमीहरू देखा पर्न थालेका छन्, यसलाई राज्यले प्रोत्साहन दिनुपर्दछ । राज्यको नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता छ । उद्यमशीलताको विकास गर्नुपर्नेछ । र उद्यमशीलताको विकास नगरेको हुनाले, उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरूमा आत्मविश्वास बढ्न सकेको छैन । दलाल पुँजीको दबदबा मलुकमा बढिरहेको छ । मिहिनेत नगरीकन पैसा कमाउने प्रवृत्तिहरू हुर्किरहेका छन् । रातारात अर्बपति बन्ने चाहना जागिरहेको छ । अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको छ । कि अरूलाई कि देशलाई लुट्ने । देशलाई लुट्ने, जनतालाई लुट्ने, दुवैलाई लुट्ने । जहाँ सकिन्छ त्यहीँ लुट्ने । यो प्रवृत्तिलाई समाप्त पार्नुपर्दछ । त्यसका निम्ति शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्छ । सुशासनको प्रत्याभूति दिनुपर्छ । र कसरी ती नियमनको निरिक्षण गर्न सकिन्छ, तदनुरुपको संरचना निर्माण गर्नुपर्छ । पालिका पालिकामा अर्बौं रुपैयाँको बजेट गएको छ, त्यसको सदुपयोग भएको छ कि छैन ? त्यसको कुनै अनुगमन गर्ने काम हामीले गर्न सकिरहेका छौँ ? पार्टीले पनि गरेको छैन, सरकारले पनि गरेको छैन । पार्टीमा पनि आफ्नो कार्यकर्ताले कस्तो काम गरिरहेका छन् त्यसको अनुगमन गर्नुपर्छ । केन्द्रीय सरकारले प्रादेशिक, प्रदेशले स्थानीय सरकारको कामको अनुगमन गर्नुपर्छ ।

इमानदारी, निष्ठा र समर्पण नै प्रमुख कुरा हो । यी कुरा छन् भने तपाईंले जनताको मन जित्न सक्नुहुनेछ, मान्छे निष्ठाबाट विचलित हुने गर्दछ । त्यो मान्छेमा इमानदारी हराएर जाँदो रहेछ । त्यही मानिसमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । ऊ व्यक्तिवादको सिकार हुन्छ । म भन्ने घमण्ड आउँछ, मबाट कहाँ आउँछ ? बा भन्ने आउँछ । त्यो म नै बा हो । हामी त्यस्ता प्रवृत्तिका बिरोधी हौँ । यस अर्थमा इमानदारी, निष्ठा र समर्पणको भावना अघि सारौँ । अगाडि बढ्ने हो भने । त्यसको निम्ति सही दिशा लिएर अघि बढ्ने हो भने । जनचाहना के हो भन्ने कुरालाई बुझ्ने हो भने, समाजलाई परिवर्तन गर्ने कुन बाटो सही हुन्छ भन्ने कुरालाई ठम्याउन सक्ने हो भने, तपाईं सही ढंगले अघि बढ्न सक्नुहुन्छ । त्यसपछि तपाईंमा राम्रो संस्कार हुनुपर्छ, जनतालाई माया गर्ने, जनताको पीडालाई आफ्नो पीडा ठान्ने, मैले हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको थिएँ, हामी अरू सरकारभन्दा फरक हुनपर्छ । देश विकासका लागि के प्राथमिकता राख्ने र के नीति बनाउने त्यसमा विज्ञहरूको सुझाव लिनुस् भनेर प्रधानमन्त्रीलाई भनेको थिएँ । मलाई तपाईं अघि सर्नु न भन्नुभयो । ठीक छ म त अघि सर्छु नै किनभने म टुलुटुलु हेरेर बस्ने मान्छे होइन ।

समस्या छन् भने भाग्ने पनि होइन । समस्याको समाधान गर्दा धेरै विचार पु¥याउन आवश्यक छ । अहिले हाम्रो समाजलाई परिवर्तन गर्न जरुरी छ । समाजवादको दिशामा लैजानु पर्नेछ । समाज परिवर्तन गर्नका लागि एउटा काम हामीले गरेका छौँ । जनतालाई अधिकार सम्पन्न गराउने सन्दर्भमा राजनीतिक सत्ता जनताको हातमा ल्याउनको लागि राजकीय क्रान्ति सम्पन्न गरेका छौँ । त्यति मात्रैले पुग्दैन राजनीतिक सत्तामा अझै पनि निरंकुश प्रवृत्तिहरू हाबी हुने गरेका छन् । एउटा समय थियो वंशीय, एउटा वंशगत शासनको निरंकुशता, फेरि व्यक्तिको निरंकुशता देखा पर्न थाल्यो । हामी दुवै कुराबाट मुक्त हुन चाहन्छौँ । वंशको निरंकुशता राणा शासनको अन्त्यसँगै सकिएको छ तर व्यक्तिको निरंकुशता जुन व्यक्तिको कारणले तानाशाह जन्मिन्छ । यी तानाशाह जन्मिसकेपछि प्राप्त सबै उपलब्धि समाप्त हुने खतरा हुने गर्दछ । त्यसको निम्ति, यो पार्टी, त्यो पार्टी, यो विचार त्यो विचार हुँदो रहेनछ । विचारको भ¥याङ चढेर, पार्टीको भ¥याङ चढेर माथि उक्लँदा रहेछन् । र त्यो पार्टी र विचारलाई लत्याइदिँदा रहेछन् । त्यस्ता प्रवृत्तिका बिरुद्ध जुध्न तयार हुनुपर्दछ । समाजवादकै झन्डा बोकेर हिटलर उदाएका होइनन् ? तर उनी संसारकै क्रुर तानाशाहको रूपमा देखा परे । अरू त के हुनु । आँट गर्नुपर्छ ।
(पूर्वप्रधानमन्त्री नेपालद्वारा गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेको संवोधनको संपादित अंश )

प्रतिक्रिया