माडवारी किड्सको उपाधि प्रदान

काठमाडौं । माडवारी समुदायका ६ देखि १३ वर्ष उमेर समूहका बालबालिकाबीच भएको प्रतियोगिता ‘फेस अफ द माडवारी किड्स २०२१’ को उपाधि चार फरक उमेर समूहाट बिजेता घोषित गरिएको छ । प्रतियोगितामा विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यशस्वी खेम्बाले उक्त उपाधि हात पार्न सफल भएका छन् । पेज थ्रि प्रालिले शनिबार राजधानीमा आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हासिल गरे । यस्तै, सेकेन्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बंशल र मेदान्स अग्रवाल, विधिका अग्रवलले पाउन सफल भए ।

वीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्यता, मिस नेपाल नम्रता श्रेष्ठ र हास्यअभिनेता निर्मल शर्माको विशेष आतिथ्यतामा भएको प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा मस्ट क्युट चाइल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाइल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साइना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुका, डिसिप्लेनको अवार्ड दिया अग्रवाल, मोस्ट स्टाइलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हासिल गरे ।

बालबालिकासँगै अभिभावक पनि ¥याम्पमा उत्रिएका सो प्रतियोगिताको अन्य उपाधिमध्ये ब्युटिफुल स्माइलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बंशल, गौतम अग्रवाल र यशश्वी खेम्का, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बंशल र आध्या अग्रवालले प्राप्त गरे । यसै गरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवाल, अलराउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्का, मिस बब्लीको अवार्ड दिब्याका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयंक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।

सो कार्यक्रममा कविता नेपालीसहित विभिन्न कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन विगतझैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखाले बताइन् । म्याजिक फुडवेरको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो । फेसन डिजाइनर रेखा मोदी मितृकाले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी अभिनेता दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए । कार्यक्रमको निर्णायकमा उद्योगपति राजेन्द्र खेतान, अभिनेत्रीद्वय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा थिए ।

प्रतिक्रिया