देउवाले नरोजेका विश्वप्रकाशलाई प्रतिनिधिले रोजेपछि….

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का भएको छ । जारी मतगणनामा गगन र विश्वप्रकाशले निकै अगाडि देखिएका छन् । दोश्रो नम्बरमा रहेका विश्वप्रकाशलाई उछिन्न अरु उम्मेदवारलाई कठिन देखिएको छ ।

यसअघि १३औं महाअधिवेसन पछि देउवाले विश्वप्रकाशलाई प्रवक्ता बनाएका थिए, भने १४औं महाअधिवेसन नजिक पुग्दा विश्वप्रकाशले महामन्त्रीमा उठ्ने भनेपछि देउवाले रोक्न खोजेका थिए । अन्तिम सम्म देउवा पक्षबाट महामन्त्रीमा उठ्ने सोच बनाए पनि देउवाले मन पराएका थिएनन् । अन्ततः देउवाले महामन्त्रीमा डां प्रकाशशरण महत र प्रदिप पौडेललाई अगाडि सारेपछि शर्मा प्रकाशमान सिंहको टिममा पुगेका थिए ।

उनले प्रकाशमान टिमको मात्र मत पाएनन् उनले आम कार्यकर्ताको मत पाए । कांग्रेसमा निकै लोकप्रिय मानिएका शर्माले पछिल्लो समय कांग्रेसलाई मिडियाप्रेमी बनाउन तथा प्रविधिमैत्री बनाउन भुमिका खेलेका थिए ।

प्रतिक्रिया