३१२० मत गन्दा महामन्त्रीमा गगनले २०३७ र विश्वप्रकाशले १२५५ मत पाए

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ३१२० मत गन्दा गगन थापा २०३७ र विश्वप्रकाश शर्मा १२५५ मतसहित अगाडि रहेका छन् ।

प्रकाशशरण महत १०२४ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ९३५ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले ५४६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया