कांग्रेस महामन्त्री मतगणना : १८९५ मतपत्र गन्दा गगनले १२९४, विश्वप्रकाशले ८२७ मत पाए

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । १८९५ मत पत्र गन्दा गगन थापाले १२९४, विश्वप्रकाश शर्माले ८२७, प्रदीप पौडेलले ६६८, डा. प्रकाशशरण महतले ६२०, डा. मीनेन्द्र रिजालले ३२९ र डा. राजाराम कार्कीले ५८ मत प्राप्त गरेका छन् । महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया