को हुन् धनराज गुरुङ ?

काठमाडौं । धनराज गुरुङ नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् । गुरुङले नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् । उनले २०३६ सालको आन्दोलनमा सहभागी भएर नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् ।उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, कांग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य हुँदै नेपाली कांग्रेसको उपसभापतिमा आज निर्वाचित भएका हुन् । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

धनराज गुरुङको राजनीतिक यात्रा

वि‍. सं जिम्मेवारी
2036 विद्यार्थी आन्दोलनमा पहिलो पटक सहभागी
2038 नेविस स्कुल इकाइ सभापति (धवथुम मावि स्याङजा)
2040 जिल्ला सचिव- नेपाल विद्यार्थी संघ स्याङजा
2043 स्ववियु उपसभापित उमेदवार-पृथ्वीनारायण क्याम्पस पोखरा
2044 स्ववियु सभापति उमेदवार-पृथ्वीनारायण क्याम्पस पोखरा
2048 देखि लगातार नेपाली कांग्रेसको महाधिवेशन प्रि‍तिनिधि
2048 केन्द्रीय उपसभापति-नेपाल विद्यार्थी संघ
2053 केन्द्रीय सभापति-नेपाल विद्यार्थी संघ
2054 महासचिव-दरुण दल
2064 पहिलो संविधानसभा सदस्य
2067 १२औं कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य
2072 १३औं कांग्रेस महाधिवेशनबाट पुन: केन्द्रीय सदस्य

प्रतिक्रिया