‘पार्टीभित्र रुपान्तरणको प्रक्रिया सुरु भएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको बताएका छन् । जितपछि पहिलो पटक सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले अग्रजसँग प्रतिष्पर्धा गरेको हुँदा अग्रजप्रति सम्मान गर्दै युवाप्रति जिम्मेवारी आएको महसुस गरेको बताए ।

१४औं महाधिवेशनबाट मिश्रित परिणाम आएकाे हुँदा यसले पार्टीलाई एक बनाउने र अन्य पदमा पनि परिणाम मिश्रित नै आउने उनकाे विश्वास छ । अब कांग्रेस पुराना नेतृत्वको अनुभव र नयाँको ऊर्जाले चलाउने समय आएको उनको भनाइ छ ।

साथै, अब नेपाली कांग्रेस विगतमा जस्तो ४०-६० को भागभन्दामा नचल्नेसमेत उनले दाबी गरे । उनले भने ‘यो मेराे भनाइमात्र हाेइन, हामीले भन्दै आइरहेका छौं । पार्टीमा भागभन्दाकाे हिसाब हुन दिने छैनौं ।’

प्रतिक्रिया