कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उनीहरु दुवै जना विजयी भए पनि मत भने केहीबेरमा सार्वजनिक हुने निर्वाचन समिति स्रोतले जानकारी दिएको छ । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । धनराज गुरुङले विजयकुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेको जानकारी प्राप्त भएको छ ।

खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका झिनो मतअन्तरले पराजय भोगेका छन् । यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया